संवेदनशील र धैर्य हौं
विश्व युद्ध भन्दा पनि भयानक जीन्दगिको महान युद्ध
किशोर गुरूङ, विश्व स्वास्थ्य सङ्गठन ( डब्ल्यूएचओ ) विश्वका देशहरू स्वास्थ्य सम्बन्धि समस्याहरूमाथि आपसी सहयोग एवम् मानक विकसित गर्ने संस्था हो । विश्व स्वास्थ्य सङ्गठनका १९३ सदस्य देश तथा दुइ सम्बद्ध सदस्य छन् । यो संयुक्त राष्ट्र संघको एउटा अनुषांगिक एकाई हो। यस संस्थाको स्थापना ७ अप्रिल १९४८मा गरिएको थियो । यस कारण प्रत्येक साल ७ अप्रिलका दिन विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ । नेपाल पनि विश्व स्वास्थ्य सङ्गठनको एक सदस्य देश हो र यसको नेपाली मुख्यालय नेपालको राजधानी काठमाडौंमा स्थित छ । बारम्बार सरकारले घरमा बस्न आग्रह गर्दा पनि मानिसहरू त्यसको वेवास्ता गर्दा लकडाउन घघ्ट्ला भन्दा बढेको किन नबुझेको हामीले त्यसैले मेरो आग्रह र अनुरोध छ आफू पानी बचौ र आफ्नो परिवरसित समय मिलाउ र देशलाई बचाउ।

धैर्यता नगुमाऊ, छोटो हुनसक्छ जीवन !
धैर्यता शब्द संस्कृतको धीरताबाट आएको हो जसको अर्थ चित्तको स्थिरता र मनको दृढ़ता भन्ने हुन्छ । जीवन एउटा लामो धैर्यता हो । धैर्यता नै जीवन न हो । जतिपनि घटना र दुर्घटना हुन्छ्न् । तिनिहरुलाई धैर्यताले मात्र परास्त गर्न सक्छ । यो एउटा ससक्त अस्त्र हो । प्रमाणित साधन हो । जो समय जत्तिकै बलवान् छ । समयसँग समान महत्व राख्छ । जेन द ल फ़ाउनटेन भन्छन - चोट समयसंगै उडेर जान्छ । - चोट क्षणिक हुन्छ । आफै जान्छ । त्यो समय पर्खन धैर्य चाहिन्छ । हो, अहिले हामीलाई कोरोना भाइरससँग लड्न धैर्यता र संयमता चहिएको छ । भनिन्छ, मानिस परिस्थितिले होइन मनस्थितिले टुट्छ । त्यसैले मनस्थिति बलियो बनाउनु पर्छ । मनस्थिति बलियो बनाउन धैर्यवान हुनुपर्छ । आत्मविश्वास र आत्मबल उच्च हुनुपर्छ । महानताको लागि आन्तरिक कठोरता चाहिन्छ । हो, अहिले हामी समयको खास पावन्दिमा छौँ । स्वअनुशासनमा छौँ । कठोर साधनामा छौं । सामाजिक र पारिवारिक भौतिक पृथकिकरणको अवस्थामा छौँ । एकातिर डरलाग्दो कोरोना भाइरसको माहामारीमा छौँ अर्कोतिर गरिबी भोकमारी र मनोबैज्ञानिक सन्त्रासबाट गुज्रिएका छौँ । त्यही माथी लकडाउनमा छौं । जीन्दगिको महान युद्धमा छौँ । यो बिश्व युद्ध भन्दा पनि भयानक छ । तथापी भइरहेको स्थितिमा सुधारको आशा र पर्खाइमा छौँ । सुनौलो सूर्यको आगमनको पर्खाइमा छौँ । पूर्ववत् अवस्थामा फर्कने आशामा छौं । जसको लागि धैर्यता जीवनको आधार बनेर आएको छ । संयमता र सतर्कता परास्त गर्ने अस्त्र । त्यही भएर लकडाउन र होम क्वारेन्टाइन, आइसोलेसन र भेन्टिलेटरमा छौँ ।धैर्यता, सहनशीलता, लगनशीलता र जोशले तपाईं हामीलाई बाधाहरूको बाबजुद अगाडि बढाउँदछ । जो अहिले हामी अगाडि बढिपनि रहेका छौँ । ज्याकमा भन्छन् –‘यदि तपाईंले हरेस खानु भएन भने, तपाईंसँग अझै मौका छ । छोड्नु सबैभन्दा ठूलो असफलता हो ।’ हो, हरक्षण धैर्यतामै रहनु सफलता प्राप्त गर्नको लागि राम्रो पहरेज हो । जवसम्म स्थिति स्थिर हुन्न नियन्त्रणमा आउदैन् । धैर्य गर्नु नै श्रेयकर हुन्छ । कोरोना भाइरस तिमी नाआउनुपर्थ्यो तर आयौ । थाहा छ लामो समय बस्ने छैनौँ । तिमी सिकाउन आएकी हौँ । यो तिम्रो तरिका मलाई मन पर्यो । आजको मान्छे त्यसै के सिक्थ्यो । उखानै छ नी ( लातको भूत बातले के मान्थ्यो ) तिमीलाई धनिले टेरेनन, बुझेनन् । त्यही भएर अमेरिका, इटाली, स्पेन पनि भनेनौँ । सबैतिर आयौ । हामीकहाँ फ्रान्सबाट आयौं । दुबइबाट आयौँ । सायद तिमिले भन्न खोजेको कुरा अझै बुझ्नेछैनन् । समय लाग्नेछ । चीनलाई उछिन्नेमा छ्न् (इटाली, स्पेन, इरान, फ्रान्स, अमेरिका ) पुजीवादी नामक यो ब्यवस्था, भौतिकवादी र आधुनिक यो दुनिया गलत छ भनेर कस्तो दामी सवक सिकायौँ । कुनै पनि शिक्षक, बैज्ञानिक, डाक्टर र विद्दानले भन्दा राम्रो सिकायौँ । माल्थस र चाल्स डार्विनको सिद्धान्तको परिक्षण गर्यौ । ८० र ८२ दिनमै ब्यवस्था परिवर्तनको झलक देखायौँ । युग परिवर्तनको संकेत देखायौँ । क्षमता जाँच्यौँ । ज्ञान, बिज्ञान, बम, हतियार, अधिक स्वतन्त्रता र घमण्डको चुर चुर गर्यौ । अप्राकृतिक शक्तिको क्षीण गर्यौँ । नुवाल हरारीले भनेको ह्यूमन ह्याक भन्दा चाडैं आयौँ । लेसन दियौँ । र सायद जान्छौँ ! यति धेरै सिकाएपछि तिमीलाई लाग्ला मान्छेको सोच बदलिन्छ र ब्यवहार बदल्छ, देश ( देश रहदैन् बिश्व देश बन्छ, विश्वका जो कोहि मानिस एक हुन्छ्न्, मानवता पहिलो कुरा बन्छ तर मलाई त लाग्दैन् मरेको मान्छे बाँच्ने हो भने बदलिन्थ्यो होला सायद, बाचेकाहरु त खोइ ! अहिले नै हेर्यौ न मानवता भन्दा माथी नै देखियो अर्थ राजनीति त्यही भएर त होला खोइ मानवतामा संसार एक हुन सकेको ? यसलाई उपयोग पो गर्न खोज्दैछ्न् कमाउनीतिमा । फेरि लागिहाल्छ्न यिनिहरु पैसा जम्मा गर्न मान्छेहरुलाई चुसेर । हो, हरेक मानिसले सिक्नु पर्ने बिषय बन्यो । कोरोना भाइरसको सङ्क्रमणले दिएको पाठ । अहिले हामीलाई संकटसँग कसरी जुध्ने भन्ने कुरा सिकाएको छ । कसरी आत्मसंयम र अनुशासनमा बस्ने ? मनोबैज्ञानिक त्रासबाट कसरी बच्ने भन्ने सिकायो ? धर्यवान कसरी बन्ने भन्ने पाठ सिकाएको छ । हरेक महामारीपछि युग बद्लेका छ्न् चाहे संसारभरिमा सन १३४७ मा फैलिएको २० करोड मानिसको ज्यान लिने ब्ल्याक डेथ ( कालो मृत्यु) होस या सन् १९१८ पाँच करोड मानिसको ज्यान लिने स्पेनिस फ्लुको महामारी होस या सन् १५२० देखि फैलिएको पाँच करोड ६० लाख मानिसको मृत्यु हुने बिफरको महामारी नै होस या सन् ५४१ मा फैलिएको १० करोड मानिसको मृत्यु गराउने प्लेग अफ जस्टिनियन होस या सन् १९८१ बाट सुरु भएको संसारभरि दुई करोड ५० लाखभन्दा बढिको मृत्यु गराइरहेको एच.आइ.भी./एड्स नै किन नहोस या सन् १८५५ मा चीनको युनानबाट सुरु भएको तेस्रो प्लेगले एक करोड २० लाख मानिसको ज्यान लिने तेस्रो प्लेग नै होस् । यी घटनाले गतिलो संदेश दिएकै हो । अहिलेको यो महामारी रोक्नको लागि अमेरीकाले विश्वभरीको नेतृत्व लिनुपर्छ । नत्र अहिले धैर्य गरेर रहेका जनता र देशले अमेरिकाको अभिभावकत्व स्वीकार गर्नेछैन् । यो समाप्त भएपछि अमेरीकाको बिकल्प पनि खोज्न थाल्नेछ्न् । तर मान्छेले कुरा नबुझेपछी नसिकेपछि के गर्नु भोग्नुको विकल्प छैन् । नभोगी सुख छैन् । धैर्य नगरी हुन्न । धैर्यता गुमाउनेहरु इतिहासमा सिमित भए र हुनेछ्न् । असहयोग भए त्यसको हिसाब किताब देशहरुले राख्नेछ्न् ।डा. युवराज सङगरौला भन्छन् – ‘नवउदारबादले मानिसको जीवन भ्रष्ट पुँजीपतिको पैसा कमाउने साधन बनाइदियो । रोग निर्माण गर्ने जन्कफुड र निजि अस्पताल अनि एलोपेथीकको खेती मौलायो । खोज्नुहोस त अस्पताल चलाउने र जन्कफुड उत्पादन गर्नेको संबन्ध कस्तो हुन्छ । अब मानिसले मानिस भएर बांच्न पाउनु पर्छ । अबको बिकास समाजवादको रुपमा अगाडि बढ्नु पर्छ । अब मानिसले प्रकृति भित्र बांच्न पाउनु पर्छ । ’पुँजीपतिले महिनै खाएर यश(आराम गरेर बाँच्ने सर्वहारा खान नपाएर औषधि नपाएर मर्ने । राज्य नामक भ्रामक एकाइ बनाएर तोकिएका मान्छेले सकेको छ यो देश । कति लडे जनता । सधै एक्लै लड्नु पर्ने । अहिले कोरोना सगँ लड्दैछ्न् ।पूर्ण धैर्यताका साथ । कृपया धैर्यता नगुमाउनु होला । धैर्यता गुमाउनु भयो भने जीवन छोटो हुनसक्छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी भन्छन् – ‘म हात जोडेर प्रथाना गर्छु । जुन हालतमा जहाँ हुनुहुन्छ त्यहीँ बसिदिनु होस । सरकारले तपाइँको ख्याल गर्छ ।’ यसरी धैर्य रहनको लागि अनुरोध गरिएको छ ।
वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय चौतर्फी रूपमा कोरोना फोबिया देखिएको बताउँछन् । ‘समस्यासँग जुध्न समयमा आन्तरिक शक्ति वृद्धि गर्ने हो’, उनी भन्छन्, ‘आत्तिने होइन, अहिलेको समय त समस्याहरूसँग लड्नका लागि आत्मविश्वास बढाउने हो । ’कुनै समय कोरियामा प्रार्थना गरे कोरोना हट्छ भनेर सबै भेला भए, तर त्यहीँ कोरोना संक्रमण भएका व्यक्ति भेटिए र सारे । धेरै ठाउँ धर्मले हटाउने कोशिश गरे । ज्यतिसीले भविश्यबाणी गर्छ्न् । माताले भगाउछिन् ।भन्ने भ्रमको पछि मानिस लागेका छ्न् । तर यथार्थ त्यस्तो होइन ।आइतबार बेलुका बिरगंजमा कोरोना सङ्क्रमित भेटियो रे । सोमबार बिहान गलत भएको पुष्टि भो रे । हेटौडामा सङ्क्रमित भेटियो रे ! कोरोना मोरङ पस्यो रे ! कोर्खामा भेटियो रे ! यूरोपमा त डडेलो लाग्यो नी । अब हामीकहाँ नी त्यस्तै हुन्छ । कोरोना आयो भने ब्वाइलर कुखुरा मरेसरि मरिन्छ । कोठामा बसे झन कुजिएर मरिन्छ । बाफ रे ! ए सुन्यौँ, एप्रोन छैन्, माक्स छैन, सेनिटाइजर छैन्, रक्सी खाए कोरोना भाग्छ, लसुन खानेलाई कोराना लाग्दैन, कागतिले मार्छ, लामखुट्टेले कोरोना सार्छ, कोरोना हावाबाट आउँछ, कोरोनाको औषधि छैन्, जाच्ने किट छैन्, क्वारेन्टाइन छैन्, डाक्टर छैन्, अस्पताल छैन्, कोरोना लागेपछि सीधै मरिन्छ । जस्ता अफवाह र कोरोना सम्बन्धित मृत्यु भयले अहिलेको मानिसको दिमाग र मनमा डर पसेको छ । त्यसैले मर्नुभन्दा पहिला खुट्टा तान्ने अवस्था सिर्जना हुदैछ । यो गलत हो ।सत्य तथ्य र भरपर्दो खवरको आधार नहुदा र आफूले विवेक नपुर्याउदा वा थाहा नहुदा यस्तै हुन्छ । आत्मबल कमजोर हुदा पनि यो हुन्छ । सहासिक हुनुपर्यो । हरेक युद्ध सहासिकले नै जित्ने हो । डरपोक त कोरोना लाग्नुपूर्व नै मर्ने निश्चित छ । त्यसैले हामी हिम्मत र विवेकले काम गर्यौँ । आफ्ना बालवालिका,छरछिमेक र आफन्तजनहरुलाई सकरात्मक पारौँ । आन्तरिक र बाहिरी दुबै हिसाबले लाग्यौँ । आत्मानुशासनमा बसौँ ।राज्य अहिले जिम्मेवार छ । राज्यले सहि सूचना दिनुपर्छ तर भयावह बनाएर होइन । सद्भावलाई खल्बल्याउने गरी होइन । भ्रम तोड्ने गरि दिनुपर्छ । राज्यले सहि सूचना दिइ पनी रहेको छ । गलत मिडियाको र व्यक्तिको भर नगरौं । संक्रमणबाट जोगिने कोसिस गर्ने, संयमता अपनाउने र ज्वरो, रुघाखोकी लागेमा अस्पतालमा जाने, अरूलाई हीनताबोध हुने काम नगर्ने आदि कुरामा सचेत हुनुपर्छ । राज्यले चिनियाँ मोडेल अपनाउनु पर्छ । जुन अहिले इन्डियाले गर्न खोज्दैछ । अर्को पक्षबाट पनि हेर्यौँ (यो मौसम चेन्ज हुने समय हो यस्तो वेला सामान्य रुघाखोकी लाग्न सक्छ । यस्तो अवस्थामा आत्तिहाल्नु हुँदैन । डराउनु हुदैन् । बनको बाघले खाओस या नखाओस तर मनको बाघले खाला है । सचेत हौँ ।
क्ल्भिन कोलिड्ज भन्छन् – ‘दृढता यति बलवान् हुन्छ कि यसका सामु साराका साराले हार मान्छ्न् । प्रतिभा यो पनि यसका अगाडि टिक्न सक्दैन् । अत्यान्त प्रभावशाली कैयौं मानिसहरु साँच्चै असफल बनेका देखिन्छ्न् । प्रविणता अर्थात निपुणता यो पनि टिक्दैन् । सफलता बिनाको प्रविणता त केवल एउटा उखान सरह नै हुन्छ । शिक्षा यो पनि टिक्दैन् । संसार त अनगिन्ती शिक्षितहरुबाटै भरिएको हुन्छ । दृढता अर्थात दृढसङ्कल्प नै सर्वशक्तिमान् छ, सबै पक्षबाट यहि पुष्टि मिल्छ।’ यो बिचार पढौ र मनन गर्यौँ । जीवन बदल्यौँ ।संसार कोरोना भाइरसको त्रासदी र कहालीलाग्दो अवस्थामा गुज्रिएको अवस्था छ । यो इतिहासकै महत्त्वपूर्ण घडिमा हामी छौँ । हामीले निम्त्याएको दुश्परिणामहरु विरुद्ध लड्नु परेको छ । हामी पुरै अधैर्य भइसक्ने अवस्था आउन लागेको छ तर पनि एउटा दृढ सङ्कल्प र धैर्यताका साथ जीवनको लामो यात्रा गर्नु छ । बादलको वरिपरि चाँदिको घेरा हुन्छ भने झै । आशावादी हुने र सकारात्मक हुने थुप्रै बिषय र अवसरहरु छ्न् । कोरोना भाइरस पनि एउटा शिक्षा दिन आएको छ । यसवाट सिक्यौँ र सिकाऊ र विश्वलाई नयाँ बाटोमा हिडाऊ । त्यसको लागि बाँच्नु पहिलो शर्त हो । अहिले त्यसको लागि धैर्यता शसक्त अस्त्र हो । अधैर्य भए भन्न सकिन्न धैर्य भए जीवन रहन्छ । धैर्य गुमायौं भने जीवन छोटो हुनसक्छ । त्यसैले घरैमा बसौ, सुरक्षित रह्यौ, ( कोबिड १९ ) बाट बचौं ।
